प्रधानमन्त्री ओलीको बालुवाटारमा आज चियापान, नेपाल पक्षको भने बहिष्कार

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज चियापान कार्यक्रम आयोजना गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चियापान बिहान ११ बजेपछि आयोजना गरिएको र सो चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको छ ।

आफैनै दलबीचमा विवाद उत्पन्नपश्चात राजनीतिक शक्ति संघर्ष चर्किरहेको बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्नुलाई रामजीतिक वृतमा अर्थपूर्ण रुपमा हेरीकोछ ।

सो चियापान कार्यक्रम माधव नेपाल पक्षले भने बहिष्कार गर्ने यसअघि नै जनाई सकेका छ । चारमहिनापछि प्रधानमन्त्री ओली नेपालमा समुहको नताहरुबीच भेट सोमबार भेटघात भएको थियो ।

पार्टीमा ओलीको स्वेच्छाचारिता बढेको भन्दै नेपाल पक्षले भोलि कार्यकर्ता भेला बोलाएको छ । सोही भेलाको बारेमा जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरेको छ । यसले पार्टी एकिकृत भन्दा विभाजनको बाटोतिर लैजाने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्