राष्ट्रपति भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज शीतलनिवासमा सर्वदलीय बैठक बस्दैछ ।
आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका सञ्चार मामिलाविज्ञ सचिव टीका ढकालले जानकारी दिएका छन् ।
राष्ट्रपतिले यसअघि नै दलहरूसंघ छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासँगै त्यो सजिलो भएको शीतलनिवासले जनाएको छ ।
पछिल्लो राजनीतिक परिस्थिति, घटनाक्रम र संकट निकासबारे छलफल गर्न राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएकी हुन् ।
आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा आउन भनिएको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।
पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, डा। बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललगायत संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष–सभापति सहभागी हुने सम्भावना छ । दलहरूबीच विवाद बढेको तथा नयाँ सरकार गठनका लागि छलफल चलिहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुलाई चासोका साथ हेरिएको छ ।















प्रतिक्रिया दिनुहोस्