भारतमा करीब तीन करोडले लगाए कोरोना विरुद्ध खोप
काठमाडौं, चैत २ । भारतमा अहिलेसम्म करीब तीन करोडले कोरोना विरुद्धको खोप लगाएका छन् । भारतमा कोरोनाविरुद्धको खोप कार्यक्रम जनवरी १६ देखि शुरु भएको थियो ।
खोप अभियान सुरु भएदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या यहाँ एक लाख ५८ हजार ७२५ जना पुगेको छ भने हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् । केही दिनयता भारतमा सक्रिय सङ्क्रमितको संख्या बढेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्