एक सय तीस स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । सोमबार भएको स्थानीय तेस्रो चरणको निर्वाचनमा आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा एमाले १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी नेपाल १ स्थानमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्