माओवादी केन्द्रको बैठक केही दिनका लागि स्थगित, आजको बैठकमा २० नेताले बोले !

काठमाडौं, चैत २ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केही दिनका ल ागि स्थगित भएको छ ।

पेरिसडाँडामा बसेको बैठकले सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने भएकाले बैठक केही दिनका लागि स्थगित गरिएको हो ।

नेता नारायाणकाजी श्रेष्ठका अनुसार नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएका कारण बैठक स्थगित भएको हो ।

आजको बैठकमा २० नेताहरुले बोलेका छन् । साथै अब नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा जानेछन् ।

त्यस्तै बैठकमा पूर्व माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउन पत्र पठाइएको र फिर्ता नआएमा आवश्यकता अनुसार कारबाही गरिने उनले बताए ।

आइतवारबाट शुरु भएको बैठकले विभिन्न ६ एजेण्डाहरु तय गरेको थियो । सोही अनुसार आजको बैठक अघि बढेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्