राष्ट्रपति भण्डारी अर्काे साता बंगलादेश जाने
काठमाडौं , चैत २ । राष्ट्रपति भण्डारी अर्काे साता बंगलादेश जाने भएकी छन् । राष्ट्रपति भण्डारी चैत ९ गते दुईदिने औपचारिक भ्रमणका लागि त्यस तर्फ जाने भएकी हुन् ।
यता काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।
बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भण्डारी बंगलादेश जान लागेकी हुन् ।
बंगलादेशले शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्ती एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।यसअघि सन् २०१८ मा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको औपचारिक भ्रमणमा आएका थिए ।
भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । अब बस्ने मन्त्रिपरिषद बैठकले घोषणा गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्