एमालेका दुई समूहबीच वार्ता सकियो, फागुन २८ को निर्णय नमान्ने नेपाल पक्षको अडान
काठमाडौं, चैत २ । एमालेका दुई समुहबीच आज लामो समय पछि भेटवाता भएको छ ।
यो लगभग ४ महिनापछिको भेट हो। एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल नेतृत्वका दुई पक्षबीच भएको वार्ता सकिएको हो । योसँगै उनीहरुबीच भएको आजको वार्ता सकिएको छ ।
वार्ता सकारात्मक भएको वार्तामा सहभागी नेता रघुजी पन्तले बताएका छन् । आपसी छलफल सुरु हुनु आफैंमा सकारात्मक भएको र दुवै पक्षले आआफ्ना कुरा राखेको पनि जानकारी दिए ।
साथै उनले फागुन २८ गते एकपक्षीय रुपमा बैठक राखी गरेको निर्णय भने नमान्ने अडान लिएको बताए । साथै वार्तामा नेताहरुबीच बिभिन्न चरणमा कुराकानी गर्ने सहमति पनि भएको बताएको छ ।




प्रतिक्रिया दिनुहोस्