माओवादी केन्द्रको केन्दीय कमिटी बैठक शुरु, एमालेमा गएका नेतालाई कारवाही गर्ने तयारी

काठमाडौँ चैत २ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक आज दोस्रो दिन पनि जारी छ । आइतबारको बैठकलाई निरन्तरता दिदै आजपनि पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो ।

आजको बैठकमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका २३ नेताहरुलाई कारवाही गर्ने निर्णय गर्ने बताएको छ । शनिबारको स्थायी कमिटीको बैठकले उनीहरुलाई सरकार छाड्न र २४ घण्टाभित्र पार्टीमा स्पष्टिकरण दिन निर्देशन दिएको थियो ।

तर उनीहरुले कुनै जवाफ नदिएका कारण पछि पत्र पनि पाठयो तर केहि ठोस निर्णय आएन् । यसकै विषयमा छलफल गर्न बैठक बसेको हो ।

शुक्रबार मात्र माओवादी केन्द्रका २३ नेताहरुलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश कमिटीमा जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्