ओलीर नेपालबीच भेटवार्ता, भेटलाई राजनीतिक चासो

काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ । दुबै नेताबीच पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार त्यसपछि बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको पार्टी स्रोतले जनाएको छ ।
संसद विघठनपछि करिब ४ महिना भन्दा बढि ओली र नेपाल भेटवार्ता हुन लागेको हो । गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपालबीचको भेटवार्तालाई निकै चासोको रुपमा हेरीएको छ । दुई पक्षको भेटवार्ताकै लागि ओलीले आज चियापानसमेत ओलीले राखेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्