संसद सचिवालयले माग्यो दलहरुको पदाधिकारी विवरण
काठमाडौं , चैत १ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर, नाम विवादमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता निष्क्रिय बनाइदियो , अहिले फेरि दुई पार्टी पुरानै अवस्थामा फर्किएका छन् । यसरी सर्वोच्च अदालतले एकता खारेज गरेपछि अब दुबै दलले आफ्ना पदाधिकारीबारे संसदलाई जानकारी गराउनुपर्ने हुन्छ ।
जसअनुसार आज मात्रै संघीय संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका पदाधिकारीको नाम मागेको छ । संसदमा रहेका केही राजनीतिक दलबीच एकता भएको र कतिपय दल एकीकरण भई नयाँ दल बनेकाले संसद सचिवालयले हाल कायम रहेका दलको संसदीय दलको पदाधिकारीको विवरण माग गरेको हो ।
हाल संघीय संसदमा चार वटा राष्ट्रिय दल छन् । संसद सचिवालयका अनुसार हाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको पदाधिकारीको विवरण छैन । राजनीतिक दलले आफ्ना पदाधिकारी को को हुन् भनेर आधिकारिक पत्र पठाउनुपर्ने प्रवक्ता रोजनाथ पाण्डेले बताए हुन्छ । त्यस्तो पत्र नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बाट प्राप्त नभएको पनि उनले बताए ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलले दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको विवरण पठाउनुपर्छ । दलका पदाधिकारी नछुट्टिँदा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न समस्या हुने संसद सचिवालयको भनाइ छ ।यता एकीकरण भएर बनेको नयाँ दलले पदाधिकारीको विवरण जानकारी नगराएको संसद सचिवालयको भनाइ छ ।
दलका पदाधिकारी नछुट्टिँदा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न समस्या हुने संसद सचिवालयले जनाएको छ । यता एमाले र माओवादी लगाएत नेपलाी कांग्रेस, जसपाहरु छलफलमा जुटेका छन् ।नयाँ शक्ता समिकरणका लागि दलहरु छलफलमा जुटेका छन् ।















प्रतिक्रिया दिनुहोस्