थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जना निको भए , मृत्यु शुन्य

काठमाडौं, चैत १ । आइतबार नेपालमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय ९१ रहेको छ । पछिल्लो २४ घण्टामा ७७ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ३२६ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट शुन्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ४७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख १५ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्