लहान बिस्फोटः गमभीर घाइते दिनेशकुमारलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, चैत १ । सिरहाको बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीको थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ।

नेपाली सेनको हेलिकप्टरमार्फत उनलाई काठमाडौं पठाइएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शालीग्राम शर्माले जानकारी दिए।

दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ। उनी धनगढीमाई नगरपालिका-१३का स्थानीय हुन्। कार्यालयमा जाँदा बिस्फोटमा परी उनी घाइते भएका थिए। अन्य घाइतेहरुको सिरहाकै एक अस्पतालमा उपचार भइरहेको छ भने घाइते हुनेमा दुई जना कर्मचारी छन्
भने अन्य सेवाग्राही रहेका छन् ।

घाइते हुनेमा कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका-३का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन्।

बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ। गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्