श्रीमतीलाई अत्यन्तै माया गर्छन् यी चार राशी भएका पुरुषहरुले !

काठमाडौं  चैत १ ।  श्रीमतीलाई अत्यन्तै माया गर्छन् यी चार राशी भएका पुरुषहरुले !  भनिन्छ श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दुईको वीचमा मेल र माया प्रेम हुनु एकदम आवश्यक हुन्छ । कसको चाहाना हुँदैन श्रीमान् श्रीमती सधै हांसी खुशी बाँचौ । तर कसैको त्यो चाहनामा कहिलेकाँही ठेस लाग्छ, कसैको भने पुरा हुन्छ ।

कोहि पुरुष आफ्नो श्रीमतीको इच्छा चाहनाको ख्यालै नगर्ने स्वार्थी हुन्छन् भने कोहि पुरुष आफ्नो श्रीमतीलाई सुखी र खुशी राख्न कुनै कसुर बाँकी राख्दैनन् ।

ज्योतिषशास्त्रका अनुसार कसैले सुखी र खुशी खोजेर मात्रै पाउने होइन त्यो त आफ्नो ग्रह दशा र राशि अनुसार जुर्नु पर्छ । ज्योतिषशास्त्रका अनुसार यी चार राशी भएका पुरुषहरुले श्रीमतीलाई गर्छन् अत्यन्तै माया, जानी राखौ ।

१. मेष राशी

यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।

२.वृश्चिक राशी

यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

३. कन्या राशी

खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

४. सिंह राशी

यो राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्