सुदूरपश्चिममा माघ र फागुनमा १ लाख बढीले लगाए कोरोना खोप

काठमाडौं, चैत १ । सुदूरपश्चिम प्रदेशमा माघ र फागुन महिनामा गरि एक लाख ४९ हजार ५ सय ७१ जनाले कोरोनाभाइरस विरूद्धको खोप लगाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरेर यो संख्यामा खोप लगाइएको हो।

जस अनुसार अछामका १३ हजार ८ सय ५, बैतडीका १४ हजार ९६, बझाङका १३ हजार ७ सय ३५, बाजुराका ८ हजार १ सय ९५ डडेल्धुराका १० हजार ३ सय ४० जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ।

यस्तै, दार्चुलामा ९ हजार ८ सय ८६, डोटीमा १४ हजार ३ सय ५७, कंञ्चनपुरमा २४ हजार ८ सय ६४ र सबैभन्दा बढी कैलालीमा ४० हजार ३ सय १ जनालाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्