लहान मालपोत कार्यालयमा बम विस्फोट : कर्मचारीसहित सेवाग्राही घाइते

काठमाडौं , चैत १ । लहान मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।कार्यालयमा बम विस्फोट हुँदा कर्मचारी शिव कुमार यादवसहित सेवाग्राही घाइते भएका छन् ।

घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोला बहादुर पाछे मगर, धनगढि ४ दिनेश कुमार भन्डारीको अवस्था चिन्ता जनक रहेको छ।

अन्य घाइते भएकाहरुको विवरण आउन भने बाँकी नै रहेको छ । थप विवरण हामी केहिछिनमा अपडेट गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्