देशका विभन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनाः ५ जनाको मृत्यु

काठमाडौँ, चैत १ । देशका विभन्न स्थानमा  छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झापा, धनुषा, दार्चुला, महोत्तरी र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको हो ।

धनुषा, मिथिला नगरपालिका-८ बडहरी पुलस्थित सडकमा ना८ख ७२२२ नम्बरको टिपरले प्रदेश २-०३-००१ स ५४७५ नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिँदा अटो चालक महोत्तरी बर्दिबास नगरपालिका-१ देउराली टोल बस्ने ४५ वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

झापा, बाह्रदशी गाउँपालिका(५ कनकन मार्गस्थित सडकमा मे११प ८४५१ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४३ वर्षीया कलसावती राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

दार्चुला, लेकम गाउँपालिका(६ गणेत स्थानस्थित सडकमा प्र।०१००२ त ४८३५ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय अशोक खत्रीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, बुटवल उपमहानगरपालिका(११ कालिकानगरस्थित सडकमा बा।१३ च ६६७६ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको चौराह अस्पताल प्रालि बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

महोत्तरी, गौशला नगरपालिका(९ बिसहरपुरस्थित बाबा इँटाभट्टा नजिकै ज१२ प ४९१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका कुवारामपुर बस्ने ३० वर्षीय महेश मुखियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय पोलिक्लिनिक गौशालातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्