जसपाले अब सरकारको नेतृत्व दाबी गर्ने

काठमाडौँ, फागुन २८ । नयाँ सत्ता समीकरणका लागि यतिबेला नेताहरु छलफलमा जुटेका छन् । नेकपा एमाले र कांग्रेसले जसपासंगको छलफललाई तिब्रता दिएका छन् । जसपा अहिले तानातानको अवस्थामा छ । हिजो मात्रै जसपाले विभिन्न माग गर्दै प्रधानमन्त्री ओलीसँग छलफल गरेको छ भने अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा छन् अहिले नयाँ सत्ता समीकरणमा निर्णायक तहमा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ ।

यसैबीच यो पार्टीले नयाँ बन्ने सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्वका लागि जसपाले पहलकदमी गर्नु पर्छ भन्ने कोणबाट बहस थालिएको नेता राजकिशोर यादवले जानकारी दिएका छन् ।

जसपा अरुलाई समर्थन गर्ने शक्तिको रुपमा मात्रै देखिँदै आएकोमा अब त्यसलाई चिर्दै सरकारको नेतृत्व लिन अग्रसरता दिने निष्कर्षमा पुगेको उनले बताए ।आजको बैठकले पार्टीको विधान पारित गर्ने तथा संसदीय दलको नेता चयन गर्ने बताइएपनि विधान निर्माण भइनसकेकोले नेता चयन नगरिएको समेत उनले बताए ।

अर्को बैठकमा यस विषयलाई टुंगोमा पु¥याउने यादवले बताए ।नयाँ सत्ता समीकरणका लागि सत्तारुढ नेकपा एमालेलगायतका दलसँगको वार्तालाई तीव्रता दिएको जसपाले रेशम चौधरीको रिहाइलाई भने बटम लाइन बनाएको छ ।

आफूहरुले अघि सारेका माग जबसम्म निष्कर्षमा पुग्दैन तबसम्म सत्ता समिकरणका विषयमा छलफल नगर्ने जसपाको अडान कायमै छ ।जसपाले रेशम चौधरीलाई निःशर्त रिहाइको माग अघि सारेको छ ।

सत्ता समीकरणको बार्गेनिङ भन्दा पनि राजनीतिक मुद्दाको रुपमा रहेको चौधरीलाई रिहा गरिनु उनीहरुको माग रहेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सीके राउतसँग सहमति गर्ने सरकारले आफूहरुको मागलाई भने बेवास्ता गर्न नमिल्ने उनीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्