नेकपा एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज , कुन प्रदेशमा को भए ?
काठमाडौँ , फागुन २८ । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्द्रीय समिति बैठकले सातै प्रदेशका इन्चार्ज तोकेको हो ।
प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशको इन्चार्जमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।















प्रतिक्रिया दिनुहोस्