ओलीले गरे महासचिवबाहेक सबै पदाधिकारी खारेज, पूर्व माओवादी केन्द्रका २३ नेता एमाले केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, फागुन २८ । नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको भेलाले पूर्व माओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

आज बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले पूर्व माओवादी पक्षका २३ जनालाई केन्द्रीय समितिमा नियुक्त गरेको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए।बादल लगाएत २३ जना नेताहरु एमालेमै आएको आज नियुक्त गरिएको नेम्वाङले बताए ।

ओली सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् । त्यसैगरी बैठकले मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्