नेताबीच कुरो नमिलेपछि संसदीय दलको नेता छान्न सकेन जसपाले , बिनानिष्कर्ष सकियो

काठमाडौं , फागुन २८ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बिना निश्कर्ष सकिएको छ । नेता चयन गनका लागि बैठक बसेको थियो तर यो सपल हुन भने सकेन ।

आज बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिए पनि आन्तरिक विवादका कारण उक्त विषयलाई थाँती राख्दै बैठक सकिएको हो ।

संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई आकांक्षी छन् । तर नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपा नेपालले अहिलेसम्म आफ्नै संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

यता बैठकमा संसदीय दलको विधानसमेत भने प्रस्तुत भएको छ । विधान अध्ययन गरी अर्को बैठकमा यसलाई पारित गर्ने बैठकमा निर्णय भएको छ ।प्छिल्लो समय जसपा नेपालले विकसित राजनीतिक परिस्थितिका बारेमा दलहरूसँग छलफललाई निरन्तरता दिएको छ भने यो क्रम जारी रहेको बताएको छ ।
यसैबीच आज नै जसपले नेपाली काँग्रेससँग छलफल गर्दैछ । काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नका लागि जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई बूढानीलकण्ठ जाने भएका छन् ।

बैठक पछि नेता राजकिशोर यादवले विगतदेखि नै आफ्नो दललाई सत्ताको लागि प्रयोग भएको आरोप लाग्ने गरेको बताउँदै अब नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

अब काँग्रेस–एमालेसँग जसपाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्ने उनको भनाइ छ ।तर जसपाको महन्थ ठाकुर समूहले भने केपी ओली नेतृत्वको सरकारमा जान खोजिरहेको यता कता बुझीरहेको छ ।

जसपामा ओली सरकारमा जाने वा कसरी अघि बढ्ने भन्नेमा विवाद रहँदै आएको छ । यसकै विषयमा आज बैठक बसेको थियो पार्टीले ठोस निर्णइ भने लिन सकेन् ।

प्रतिक्रिया दिनुहोस्