छुटेनन् विप्लवका नेता कार्यकर्ता

काठमाडौं, फागुन २८ । सरकारले विप्लवका कार्यकर्तालाई छोड्न निर्देशन दिए पनि उनीहरु अजै छुटेका छैनन् । सरकार विप्लवबीच सहमति भएसँर्गै छोड्न दिर्नेशन दिएको थियो ।

गृहमन्त्रालयले विप्लव समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता अझै छुटेका छैनन् ।विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्।

अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् ।खाँदबारी कारागारमा सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँदबारी कारागार छन्।

विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए। केहि ठुला नेताहरु छुटे पनि केहि कार्यकर्ता अहिले पनि कारागारमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्