ओलीपक्षीय केन्द्रीय सदस्यहरुको भेला बालुवाटारमा
काठमाडौं, फागुन २८ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्।
अहिले दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन्।
उपत्यकामा रहेका केन्द्रिय सदस्यहरुलाई छलफलका लागि बोलाएको ओली पक्षका केन्द्रिय सदस्य कृष्ण राईले बताए । छलफलका लागि नेताहरु बालुवाटार पुगीसकेका छन् । केहि बेरमा बेला सुरु हुने राईले जानकाी दिए ।
यता एमालेले चैत १ गतेका लागि केन्द्रीय समतिको बैठक बोलाएको छ। केन्द्रीय समिति बस्नुअघि प्रधानमन्त्री ओलीले आफू निकट केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका हुन्।
यसअघि एमालेभित्रकै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले स्थायी र केन्द्रीय सदस्यको भेला गरिसकेका छन्। नोपल–खनाल पक्षले बुधबार केन्द्रीय समिति र बिहीबार स्थायी समितिको भेला गरेका हुन्।















प्रतिक्रिया दिनुहोस्