पहिलो पटक बोलायो एमालेले केन्द्रिय कमिटी बैठक, यस्तो एजेण्डा

काठमाडौँ, फागुन २८ । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइ दिएपछि एमालले केन्द्रीय कमिटी बैठक डाकेको छ । बैठक चैत १ गते बस्ने गरि बोलाएको हो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकेका हुन् । अदालतले नेकपा एकीकरणको निर्णय बदर गरेपछि एमालेको भने यो पहिलो पटक बस्न लागेको बैठक हो ।

नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको नेताहरुले बताएका छन् । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र पछि मनोनित एमालेका केन्द्रीय सदस्य सहभागी हुनेछन् । केन्द्रीय कमिटीमा ओली पक्षका १०२, नेपाल पक्षका ९० र तीन जना तटस्थ सदस्य छन् । यता एमाले ब्युँतिएपछि पनि पार्टीका नेताहरुबीच छलफल भने हुन सकेको छैन् ।

खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्