काठमाडौंलाई हराउँदै एपीएफ मेयर कपको फाइनलमा

काठमाडौं , फागुन २७ । विभागीय टोली एपीएफ राजधानीमा जारी काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा एपीएफले काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं मेयर–११ ले दिएको १७८ रनको लक्ष्य एपीएफले ४४ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

एपीएफले अब उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्