सांसद पुन: स्थापनाको लडाई जितेपनि अझै लडाई जारी छः प्रचण्ड

काठमाडौँ , फागुन २७ । नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृतिविरुद्ध जानी जानी प्रहार गरेको बताएका छन् ।

नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले अहिले पनि शान्तिपूर्ण जनयुद्ध नै भैरहेको बताए । सांसद पुनस् स्थापनाको लडाई जितेपनि अझै लडाई जारी रहेको बताए ।

प्रचण्डले नयाँ साथीहरुसंग जोडिएर जादा पुराना साथीहरु छुटेको महसुस भएको र आफुहरु अलिकति कम्जोर भएको जस्तो देखिएको बताए । प्रचण्डले अब काठमाडौँमा भन्दा बाहिरको अभियानमा लाग्ने योजना बनाएको बताए ।

अहिले युद्ध गर्ने अवस्था नभएपनि शान्तिपूर्ण अभियान चलाएर जनतासँग जोडिने काम गर्ने बताए ।

उनले कोर्स करेक्सन गर्दै फेरी प्रतिक्रियावादीहरुसँग लड्ने बताए । अहिले उमेर भैसक्यो छोड्न प्रायो भन्नेहरु पनि रहेको भन्दै प्रचण्डले आफुले अहिले नै नछोड्ने भन्दै आफुले फेरी एउटा क्रान्ति गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्