सुवास नेम्वाङ भन्छन् – पार्टीमा नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार हुन्छ

काठमाडौं , फागुन २६ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले माधवकुमार नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले यस्तो बताएका हुन. । अरु नेताहरूलाई झैं सम्माजनक व्यवहार नै हुने उनको भनाइ रहेको थियो । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र व्यूँतिएकाले उहाँहरू हाम्रै दलको नेता भएको स्पस्ट पारे ।

एमाले र माओवादी केन्द्रपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेका माधव नेपाल समूहका नेताहरुले माओवादी नेताको समर्थन गरेपछि ओली समूहका नेताहरुले नेपाल पक्षीय नेताहरुको कटाक्ष गर्दै आएका छन् ।

यस्तै नेम्वाङले सत्ता समीकरणका लागि अहिले एमालेले कुनै पनि प्रयास नगरेको बताए । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको अवस्थामा आफूहरू बहुमत पुगेकाले सत्ता समीकरणको कुराकानीनै नलागेको उनको तर्क थियो ।

जसपाका नेताहरूसँग भने निरन्तर छलफल भएको भने उनले स्वीकार गरे । बैठक सुरु हुनु अघि पनि जसपा नेताहरूसँग छलफल भएको बताउँदै उनले सरकार जसपाको मागमा सकारात्मक भएको स्पस्ट पारे ।

यता जसपाका नेताहरूले रेशम चौधरी, मधेश र थरुहट आन्दोलनका क्रममा थुनामा राखेका आफ्नो सांसदहरू फिर्ता र संविधान संसोधनमो माग गर्दै आएको छ । केपी ओली सरकारले आफूहरूलाई पहिले नै झुक्याइसकेकाले माग पूरा नभएसम्म सरकारमा नजाने जसपा नेताहरूको अडान छ ।

उनीहरुको माग सरकारले पुरा गर्न सकेको छैन । यसैले पनि उनीहरु के गर्ने कसो गर्ने भन्ने दुविधामा छन् ।

प्रतिक्रिया दिनुहोस्