आजको प्रतिनिधिसभा बैठक शोकप्रस्ताव पारित गर्दै सकियो , अर्को बैठक चैत ३ गते
काठमाडौं , फागुन २६ । प्रतिनिधिसभाको आजको दोश्रो बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । बैठकअघि विभिन्न ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची रहेको थियो तर बैठक शोक प्रस्ताव पारितमै सिमित भएको छ ।
प्रतिनिधिसभा तथा संविधानसभा अन्तर्गतका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दैै बैठक सकिएको हो । योसँगै बैठक चैत ३ गते मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने हुन्छ । गत फागुन २३ गतेको बैठकको कार्यसूचीमा अध्यादेश राखिएपछि प्रचण्ड पक्ष, कांग्रेस, जसपाले विरोध गरेका थिए ।
आज पनि कार्यसूचीमा अध्यादेश टेबल गर्ने तयारी भएपनि संसदीय मामिला तथा कानुन मन्त्रीले कुनै गृहकार्य र समन्वय नगरेको बताएको छ ।















प्रतिक्रिया दिनुहोस्