सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय
काठमाडौं, फागुन २६ । नेकपा माओवादी केन्द्रले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।
बुधबार पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । पत्रकारसँग कुरा गर्नै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको जानकारी दिए ।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे थप निर्णय नगरेको बताउँदै उपाध्यक्ष श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले नैतिकतामा आधारमा राजीनामा दिनुपर्ने थियो। सर्वोच्चको पछिल्लो फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। अन्य दलसँग सहमति गरेर एउटा निष्कर्षमा पुग्नका लागि हामीले गृहकार्य गरिरहेका छौँ।’
उनले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमलाई सच्याएर संविधानलाई लिकमा ल्याउने काम भएको बताउँदै संसदले दुई वर्ष काम गर्न पाउनुपर्छ भन्नेमा आफूहरु रहेको बताए।साथै उनले आफुहरु प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षी दलहरुसँग सरकार गठनबारे वार्ता गरिरहेको पनि बताए ।
बैठकले कांग्रेस र जसपासँग भएको वार्ताका बारेमा अध्यक्ष प्रचण्डले जानकारी दिनुका साथै अन्य पार्टीसँग वार्ता गर्ने जानकारी दिएको पनि बताए। यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संगठन निर्माणको योजना बनाउनका लागि चार सदस्यीय कार्यदल बनाएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले चार स्थायी समिति रहेको बार्यदल निर्माण गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उक्त कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको उनले जानकारी दिए।उक्त कार्यदलले केही दिनभित्रै प्रतिवेदन पेस गर्ने उपाध्यक्ष श्रेष्ठले बताए।















प्रतिक्रिया दिनुहोस्