माधव नेपालले पनि बोलाए आफ्नो पक्षको छुट्टै भेला

काठमाडौं, फागुन २६ । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपालाई खारेज गरेपछि राष्ट्रिय राजनीति तथा पार्टीभित्र फरक अवस्थामा सिर्जना भएको छ। यति बेला नेताहरु सत्ता सहकार्यका लागि छलफलमा जुटेका छन् ।

अब कसरी अगाडि जान्ने भन्ने विषयमा छलफल गर्न नेताहरुले छलफललाई तिब्रता दिएका हुन् । यसैक्रममा आज पनि माओवदाी केन्द्रको बैठक बसेको छ भने यता नेकपा एमालेमा माधवकुमार नेपालले पनि आफ्ना्े पक्षको छुटै भेला गर्ने योजनामा रहेका छन् ।

केन्द्रीय कमिटी सदस्यहरुबीच आज अपरान्ह नयाँ बानेश्वरमा आपसी छलफलका लागि बैठक गर्ने बुझएको छ ।नयाँ बानेश्वरस्थित अर्याल होटलमा हुने सो छलफलमा सर्वोच्च अदालतपछि पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ।

अर्का एक नेताका अनुसार प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनयन गरेको सन्दर्भमा पनि छलफल गरिनेछ। ४४१ सदस्यीय केन्द्रीय समितिलाई ओलीले मनोनितहरु थपेर १५०१ सदस्य पुर्‍याएका थिए।

अदालतको फैसलापछि पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित अवस्थाको विषयमा छलफल गर्न अहिले नेताको भ्याइनभ्याइ छ । अब कसरी अघि बढ्ने भन्नेबारेमा उनीहरुबीच एकआपसमा छलफल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्