देशलाई राजनीतिक निकास दिन अब मध्यावधि निर्वाचनको विकल्प छैन: डा .कोइराला

कठमाडौं, फागुन २६ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् ।

झापाको बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेकोमा उनले जोड दिएका हुन् ।

डा कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताए । त्यसैअनुरुप तयारी गर्न पनि उनले कांग्रेस कार्यकर्तालाई निर्देशन दिए । उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे ।

उनले कांग्रेसको १४ औँ महाधिवेशनको आफू बलियो सभापतिको दावेदार रहेको पनि बताएका छन् । उनले सोहीअनुरुप नै जिल्ला दौडाहामा निस्किएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्