माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुनेछ ।

सर्वोच्च अदालतको फैसाला पटि पार्टी र राजनीतिक वृत्तमा छाएको घटनाक्रमलाई लिएर र्बठक डाकीएको हो । बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

मंगलबार बसेको स्थायी कमिटी बैठक सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मौन थियो । स्रोतका अनुसार नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्