प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक
काठमाडौँ , फागुन २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । सर्वोच्चले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएको छ ।
अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय आजको स्थायी कमिटी बैठकबाट हुने प्रवक्ता श्रेष्ठले बताए । प्रचण्ड-नेपाल समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो ।















प्रतिक्रिया दिनुहोस्