प्रचण्ड–नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार, भिम रावलको प्रश्न- प्रधानमन्त्री कुन पार्टीको ?
काठमाडौं, फागुन २३ । सरकारले ल्याएका अध्यादेश पेस गरेकोप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले संसद बैठक बहिष्कार गरेको छ।बैठक सुरु हुनासाथ सांसद भीम रावलले त्यसप्रति आपत्ति जनाएका थिए।
तर सभामुखले जरुरी भएको भन्दै अध्यादेश पारित गर्ने प्रस्ताव पेस गरेपछि प्रचण्ड–नेपाल पक्षले बैठक बहिष्कार गरेको हो। प्रतिनिधि सभा बैठक जारी नै रहेको छ । यसेबीच सांसद भिम रावलले प्रधानमन्त्री कुन पार्टी रहेको भन्दै प्रश्न गरेका छन् ।
संसद पुनर्स्थापनापछि पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले त्यस्तो प्रश्न गरेका हुन् ।नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसलाको कुरा सभामुखलाई स्मरण गराउँदै रावलले त्यस्तो बताएका हुन् ।
साथै संसद विघटन गरी सरकारले वैधानिकता गुमाएको भन्दै आपत्ति जनाएका छन् ।















प्रतिक्रिया दिनुहोस्