पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक सुरु
काठमाडौं , फागुन २३ । प्रतिनिधि सभा बैठक सुरू भएको छ । बैठक समयमा सुरु हुन सकेको थिएन् । केहिबेर ढिलो गरि संसद् भवन नयाँ बानेश्वरमा संसद् बैठक सुरू भएको हो ।
संसद् सचिवालयले आजको बैठकका लागि तय गरिएको कार्यसूचीमा केही परिमार्जन गरेको छ।
पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्या भण्डारीको निर्णय सर्वोच्च अदालतले फागुन ११ गते बदर गरेपछि प्रतिनिधि सभा आइतबारदेखि सुचारू हुन लागेको हो।















प्रतिक्रिया दिनुहोस्