सर्वोच्चको फैसलाको ओली पक्षले गर्यो स्वागत, प्रधानमन्त्रीको प्रतिक्रिया- फैसला मान्छौं
काठमाडौं, फागुन २३ । नेकपाको केपी शर्मा ओली पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । प्रतिनिधि सभा बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिँदै उनले यस्तो बताएका हुन् । साथै उनले आफुले फैसलाको पुर्णपाठ हेर्न नभ्याएको बताउँदै फैसलाको सम्मान गर्ने बताए ।
यता संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि आफूहरुले सर्वोच्चको यो फैसलालाई पनि मान्ने बताएका छन् । उनले सूर्य चिन्हसहित नेकपा एमाले र हसिया हथौडासहित माओबादी केन्द्र २०७५ साल जेठ ३ गते अघिको अवस्थामा पुगेको समेत बताए ।
प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसला पनि आफूहरुले मानेको बताउँदै उनले यो फैसलालाई पनि स्वीकार्ने बताए ।यता नेकपाको अर्को समुह नेकपा दाहाल–नेपालले भने फरक भएको टिप्पणी गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको अपेक्षा भन्दा बाहिरको फैसला आएको भन्दै फैसला अध्ययन गरेर कदम चाल्ने प्रतिक्रिया दिएका छन् । प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न अझै बाँकी नै रहेको पनि उनले बताए । यता सार्वोच्चको फैसलापछि नेकपामा खैलाबैला भएको छ ।















प्रतिक्रिया दिनुहोस्