सर्वोच्चको फैसलासँगै नेकपाभित्र खैलाबैला, प्रचण्ड- माधव समूहले बोलायो आकस्मिक बैठक
काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिक स्वामित्व ऋषिराम कट्टेलसँग नै रहेको फैसला गरेपछि सत्तारुढ नेकपाभित्र खैलाबैला भएको छ ।
आफैं विभाजित अवस्थामा रहेको सत्तारुढ दलको एक समूह प्रचण्ड माधव नेपाल समुहले सर्वोच्चको फैसलासँगै आकस्मिक बैठक बोलाएको छ ।
सिंहदरबारमा पुष्पकमल दाहाल, माधव नेपाल लगायतका नेताहरु बैठकमा जुटेका छन् । आकस्मिक बैठकमा शीर्ष नेताहरुले अबको रणनीति तय गर्न सक्ने बताएको छ ।
अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । योसँगै फेरि राजनीतीमा गन्जागोल भएको छ ।















प्रतिक्रिया दिनुहोस्