नेकपा नाम विवादको फैसला आएसँगै प्रचण्डले गरे यस्तो टिप्पणी

काठमाडौं, फागुन २३ । केहिबेर अघिमात्रै सर्वोच्च अदालतले नेकपा नाम विवाद बारे फैसला सुनाएको छ । फैसला सुनासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
योसँगैै सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । यता यसको विषयमा अध्यक्ष प्रचण्ड प्रतिक्रिया दिएका छन् । उनले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको टिप्पणी गरेका छन्।
संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिदै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न अझै बाँकी नै रहेको पनि उनले बताए ।
उनले भने ‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन,’, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’

प्रतिक्रिया दिनुहोस्