विप्लवको सुरक्षामा सरकारले खटायो १० जना प्रहरी

काठमाडौं, फागुन २३ । सरकारसँग तीन बुँदे सहमति पछि शान्तिपूर्ण मुलधारको राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको सुरक्षामा प्रहरी खटिएका छन् ।

सहमति पछि शुक्रबार सार्वजकि भएको विप्लवको सुरक्षामा १० जना प्रहरी खटिएका हुन् । टोलीको नेतृत्व प्रहरी निरीक्षकले गर्नेछन् ।

सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्दै उसका नेता कार्यकर्ताविरुद्ध दर्ता भएका सबै मुद्दा फिर्ता लिने निर्णय पनि गरेको थियो।विप्लव सामाखुसीमा बस्दै आएका छन्।२ वर्षसम्म भूमिगत रहेका विप्लव शुक्रबार सार्वजनिक भएका थिए ।

२०७५ फागुनमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । शुक्रबार विप्लव सार्वजनिक भएसँगै उनीहरुले राजनीतिक भेटघाटमा सक्रिय छन् ।

काठमाडौंमा रहेका विप्लवले अहिले जेलमा समेत रहेका आफ्नै पार्टीका नेता–कार्यकर्ता र राज्यको विभिन्न जिम्मेवारीमा रहेका र अवकाशप्राप्त पदाधिकारी तथा अधिकारीसँग भेटवार्ता गरिरहेका छन् ।

सरकार र विप्लवबीच सहमती भएसँगै अब उनीहरु खुलेआम हिड्न र भेटघाट गर्न सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्