दाहाल–नेपाल समूहको दलको निर्णय संसद् सचिवालयले लिन मानेन
काठमाडौं , फागुन २३ । नेकपा दाहाल–नेपाल समूहको दलको निर्णय संसद सचिवालयले लिन आनाकानी गरेको छ । योसँगै उक्त निर्णयलाई संसद् सचिवालयले अमान्य भनेको छ ।
प्रचण्ड–नेपाल समूहले दलको नेता र प्रमुख सचेतकको बारेमा आफूहरुले गरेको निर्णय जानकारी गराउन संसद् सचिवालय गएका थिए ।
तर सचिवालयले अहिले दाहाल र गुरुङलाई मान्यता दिन नसकिने संकेत गरेको थियो । सांसद रामकुमारी झाँक्रीले पनि संसद् सचिवालयले अहिले मान्यता दिन नसकिने प्रतिक्रिया दिएको बताएकी छन् ।
संसद् सचिवालयका महासचिव भरत गौतमले भने कानुनीरुपमा बुझेर निर्णय दिने बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्