संसद वैठक : प्रचण्ड–नेपाल पक्षका सांसद पनि सत्ता पक्षकै सिटमा बस्ने
काठमाडौं, फागुन २३ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक ४ बजे बस्ने तय भएको छ । पछिल्लो समय नेकपा दुई समुहमा विभाजित छ । यसपछि नेकपामा विवाद छ ।
धेरै समयपछि संसदको बैठक आज बस्न लागेको हो । आज को बैठकमा प्रचण्ड–नेपाल पक्षका सांसदहरु पनि नेकपाका सत्तापक्षकै सिटमा बस्ने भएका छन् ।
संघीय संसद् सचिवालयले नेकपामा विवाद रहेको कुरा जानकारीमा रहेको तर दल विभाजन औपचारिक रूपमा नभएकाले नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आइतबार पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा बैठकबारे जानकारी दिएका हुन् ।
निर्वाचन आयोगबाट औपचारिक रूपमा नेकपा विभाजन भएको जानकारी नआएसम्म संसद् सचिवालयले केही नगर्ने पाण्डेको भनाइ थियो । कार्यव्यवस्था परामर्श समितिमा मुख्य सचेतकलाई बोलाउनै पर्ने भन्ने कानुनी व्यवस्था नरहेको पनि प्रवक्ता पाण्डेले बताए ।
प्रतिनिधिसभा बैठकले कार्यव्यवस्थामा रहने व्यक्तिहरूको नाम अनुमोदन गर्ने र आमन्त्रित सदस्य भने सभामुखले नै बोलाउन सक्ने अभ्यास रहेको उनले बताए ।
नेकपाका मुख्य सचेतकका रूपमा देवप्रसाद गुरुङ र विशाल भट्टराईले सेवा सुविधा लिइरहेको पाण्डेले जानकारी दिए । दलका विषयमा निर्वाचन आयोगबाट विवाद निरूपण भएपछि मात्रै संसद् सचिवालयले काम गर्ने उनले बताए ।
साथै संसद सचिवालयले आजको संसद बैठकमा मुख्यरुपमा शोक प्रस्ताव पारित गर्ने जनाएको छ।सरकारले ल्याएका अध्यादेश पारित गर्ने कार्यसूची तय भएपनि अरु विषयबारे निश्चित भइनसेको सचिवालयले जनाएको छ।
सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै सचिवालयमा अहिलेसम्म शोक प्रस्ताव पारित गर्ने र सरकारले ल्याएका ७ वटा अध्यादेश पारित गर्नुपर्ने कार्यसूची तय भएको बताए। अरु कार्यसूची सभामुखले छलफलका आधारमा तय गर्ने उनले बताए।















प्रतिक्रिया दिनुहोस्