संसद बैठक बस्नुअघि प्रचण्ड–नेपालले गरे सभामुख सापकोटासँग छलफल
काठमाडौं, फागुन २३ । संसद बैठक बस्नुअघि प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।
उनीहरुले आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै पुगेर परामर्श गरेका हुन् । प्रचण्ड र नेपालले सापकोटासँग १५ मिनेटजति भेट गरेको उनको सचिवालयले जनाएको छ।
उनीहरुले सभामुखलाई भेटेर बैठकबारे जानकारी लिएको बताएको छ । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पहिलोपटक आज ४ बजे संसद बैठक बस्दैछ।















प्रतिक्रिया दिनुहोस्