दोस्रो चरणको खोप अभियान आजदेखि शुरू , प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ, फागुन २३ । आजदेखि दोस्रो चरणको खोप अभियान सुरु भएको छ । आजबाट देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन शुरू गरिएको छ ।

हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्ष माथिका नागरिकलाई पनि खोप प्रदान गरिने छ ।दोस्रो चरणको खोप अभियान देशभरका ६ हजार खोप केन्द्रबाट सञ्चालन गरिने छ ।

भारत सरकारको अनुदानमा कोरोनाविरुद्धको खोप ९कोभिसिल्ड० प्राप्त भएपछि गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो ।

पहिलो चरणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस ९कोभिड १९० विरुद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्री ओली खोप लगाउन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए । साथमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् ।

प्रधानमन्त्री ओलीले आज कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् ।खोप लगाएर केहीबेर आराम गरी बाहिर निस्किएका प्रधानमन्त्री ओलीले कोरोना भाइरस पराजित गर्नका लागि खोप लगाउने अभियानमा सामेल हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका थिए ।

आजै गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि नै बुधबारदेखि नै सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित सरकारका मन्त्री तथा सांसदहरुलाई खोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्