आइतबारअघि नै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह
काठमाडौं , फागुन २१ । प्रचण्ड- नेपाल समुहले प्रधानमन्त्री ओलीलाई आइतबारअघि नै राजीनामा गर्न आग्रह गरेका छन् ।शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो आग्रह गरेको हो ।ओलीको राजिनामा नै पहिलो सर्त भएको यो समुहको ठहर छ ।
अविश्वासको प्रस्ताव विकल्पमात्रै भएको बताउँदै यो समुहले राजिनामा नै आओस् भन्ने आफुहरुको माग रहेको बताएको छ । यता प्रधानमन्त्री ओलीले भने आफुले कुनै पनि हालतमा राजीनामा नदिने चेतावनी दिदै आएका छन् ।
यति बेला प्रचण्ड- नेपाल समुहले छलफललाई तिब्र बनाएका छन् । आगामी दिनमा कसरी अगाडि बढ्ने र नयाँ सरकारको बारेमा छलफललाई तिब्रता दिएका हुन् ।















प्रतिक्रिया दिनुहोस्