प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन

काठमाडौं , फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।

योसँगै अब प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको हैसियतमा बैठकमा सहभागी हुने भएका छन् ।

यसअघि नेकपा दलको नेतामा केपी शर्मा ओली रहेका थिए । दाहाल–नेपाल समूहले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्