नेपाल शान्तिपूर्ण युगमा प्रवेश , अब हिंसात्मक द्वन्द्व हुने छैन : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २१ । विप्लपसँग सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन्।

शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले विप्लवसँगको सहमतिपछि नेपाल हिंसात्मक द्वन्द्वमा नरहेको समेत उल्लेख गरे ।

उनले भने ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व हुने छैन अर्थात नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ।’

साथै सम्बोधनका क्रममा ओलीले साहसिक कदम चालेको भन्दै विप्लवको प्रशंसा समेत गरेका छन् । प्रधानमन्त्री ओलीले विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई बधाई
समेत दिएका छन् ।

सम्बोधनका क्रममा सुरुमै उनको नाम लिँदै छिट्टै छुटेर आएकोमा बधाई दिएका हुन् । ुधमेन्द्र बाँस्तोलाजी बधाई छ, भर्खरै छुटेर आउनुभएकोमा । यति थोरै जेल बसेर छुट्न पाए त हुन्थ्यो । आफू त १४ वर्षु उनले भने ।

प्रतिक्रिया दिनुहोस्