विप्लवले भन्यो- सरकारसँग भएको तीनबुँदे पालनामा प्रतिबद्ध छौं

काठमाडौं , फागुन २१ ।   नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएको बताएका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी सहमतिमा प्रतिबद्ध भएकाले आशंका नगर्न पनि आग्रह गरे । उनले युद्धको अन्त्य कम्युनिष्टले मात्रै गर्न सक्ने पनि बताए ।

साथै नेपाली समाजको रुपान्तरण पूर्ण नभएको उनको भनाइ छ । उत्पीडित समुदाय अझै सन्तृष्ट हुन नसकेको उनले बताए । उनले आजपनि नेपालमा कसैले सुरक्षित महसुस नगरेको बताए।

प्रतिक्रिया दिनुहोस्