तीन वर्षपछि विप्लव सार्वजनिक, प्रधानमन्त्री ओली र विप्लव सँगै पुगे राष्ट्रियसभागृहमा
काठमाडौं , फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिएका छन् ।
बालुवाटारमा छलफलपछि एकै मञ्चबाट सम्बोधन गर्न उनीहरु सभागृह आइपुगेका हुन् । विप्लवसहित उनीसँगै सभामा आएका नेताहरुले कालो कोट–पाइन्ट लगाएका छन् । सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर हुँदैछ ।
सरकारी र विप्लव समूहको वार्ता टोलीबीच शुक्रबार तीनबुँदे सहमति भएको थियो ।















प्रतिक्रिया दिनुहोस्