प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेटवार्ता, लागे राष्ट्रिय सभागृहतर्फ, सुरक्षा व्यवस्था कडा

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधामन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । ओलीलाई भेटन् विप्लव बालुवाटार पुगेका हुन् ।

शुक्रबार नवलपरासीबाट स्कर्पियो गाडीमा प्रहरी स्कर्टिङसहित मध्यान्ह काठमाडौँ आइपुगेका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको उच्च सुरक्षा स्रोतले जनाएको छ।

बालुवाटार जानुअघि महासचिव विप्लवले पार्टी प्रवक्ता एवं वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहितका नेताहरुसँग बालुवाटार आसपासमै छलफल गरेका थिए।

३ बुँदे सहमतिपत्र पछि केहिबेरमा विप्लव सार्वजनिक हुदै छ। बालुवाटारमा छलफल पछि प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव विप्लव राष्ट्रियसभागृह तर्फ लागेका छन।

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन।
राष्ट्रियसभागृह वरपरको सुरक्षाव्यवस्था कडा पारिएको छ। विप्लव आजमात्रै काठमाडौं आएका हुन।

बिहीबार बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गर्दै विप्लव नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ।

योसँगै विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ भने प्रहरी हिरासतमा रहेका नेकपाका नेताहरु पनि छुटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्