विप्लव समुहका नेताहरुको रिहाइ शुरु, काभ्रेबाट बाँस्तोला छुटे

काठमाडौं, फागुन २१ । सरकारले हिरासतमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेताहरुलाई रिहा गर्न शुरु गरेको छ ।

शुक्रबार बिहान विप्लव समुहका नेता धर्मेन्द्र बाँस्तोलालाई काभ्रेबाट रिहा गरिएको छ ।

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि पटक पटक पक्राउ गरिएका बाँस्तोलालाई काभ्रे प्रहरीले शुक्रबार बिहान रिहा गरेको हो । बाँस्तोला विप्लव समुहका तेस्रो उच्च तहका नेता मानिन्छन् ।

विप्लव नेतृत्वको नेकपा र सरकारबीच बिहीबार तीन बुँदे सहमति भएसँगै प्रहरी हिरासतमा रहेका नेता बाँस्तोलालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

उनलाई आगजनी तथा संगठित अपराधको मुद्दामा प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई उनकको परिवार र पार्टी कार्यकर्ताले स्वागत गरेका थिए । सरकार र विप्लवबीच सहमतिभएपछि सरकारले रिहाइ गर्न दिर्नेशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्