ज्योति लाइफ इन्सुरेन्सले इपीओ बिक्री खुला

काठमाडौं, २१ फागुन । ज्योति लाइफ इन्सुरेन्सले इपीओ बिक्री खुला गरेको छ । आज शुक्रबार ९फागुन २१ गते० बाट आइपीओ बिक्री खुला गरेको कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ । ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी(आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेकोे जनाउछ।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभुत गर्ने संस्थामा लक्ष्मी क्यापिटल रहेको छ।

कति दिने आवेदनरु:

पछिल्लो समय आइपीओमा १५ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिन थालिसकेका छन्। कम्पनीले सर्वसाधारणमा ६६ करोड रुपैयाँको ६६ लाख कित्ता शेयर मात्र बिक्रीमा ल्याएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट ६ लाख ६० हजार जनाले न्यूनतम १० कित्ता शेयर पाउनेछन्। बाँकी आवेदकको हात खाली हुनेछ। यसकारण कम्पनीको शेयरमा पनि १० कित्ता शेयर खरिदको लागि नै आवेदन गर्नु बुद्धिमानी हुनेछ।

प्रतिक्रिया दिनुहोस्